बुटवल ।
अर्थमन्त्री तथा नेकपा महासचिव विष्णुप्रसाद पौडेलले बर्तमान सरकार पुरा कार्यकाल टिक्ने दाबी गरेका छन् । उनले पार्टी भित्रको विबादले सरकार अन्योलमा नपर्ने र पुरा ५ वर्ष टिक्ने उल्लेख गरे ।
रुपन्देही क्षेत्र नम्बर २ का सांसद समेत रहेका मन्त्री पौडेलले यो जिल्ला देशकै महत्वपूर्ण आर्थिक पर्यटकिय केन्द्र बन्दै गरेको उल्लेख गरे। लुम्बिनी गुरुयोजना २ वर्षमा पुरा हुँदै छ ।
मन्त्री पौडेलले कालिगण्डकी तिनाउको डाइभर्सनको डिपिआर यसै आर्थिक वर्षमा सम्पन्न गरिने बताए । उनले राजमार्ग चौराहदेखी चिडियाखोलासम्मको सडक विस्तार छिटो सक्ने वातावरण बनाएर बुटवलको विकासमा सहयोगी बन्न बुटवलबासीलाई आग्रह गरे ।
सामाजिक विकास मन्त्रालय अन्तर्गत शैक्षिक विकास तथा प्राविधिक विकास कार्यक्रम अन्तर्गत विनियोजित बजेटबाट कान्ती माविमा ४ तले २ वटा शैक्षिक भवन र ३ तले २ वटा छात्राबासको भवन निर्माण हुन लागेको हो ।
भवन निर्माणको लागि अर्घाखाँची लुम्बिनी जेभीसँग १३ करोड ६५ लाखमा ठेक्का सम्झौता भएको छ। सम्झौता भएको २ वर्षमा भवनको निर्माण पूरा गर्नुपर्ने छ ।
प्रतिक्रिया