१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

राष्ट्रपतिद्वारा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी



काठमाण्डौ ।

संवैधानिक परिषदबारे सरकारको अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नुभएको छ । नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् काम, कर्तव्य र अधिकार सम्बन्धी पहिला संशोधन अध्यादेश २०७७ जारी गर्नुभएको हो ।

मङ्गलबार बिहान बोलाइएको परिषद् बैठकमा सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि बैठक बेलुकी ५ बजेका लागि सारिएको छ ।

संवैधानिक निकायमा पदपूर्ति गर्नुपर्ने जस्तो विषयमा छलफल गर्न कुनै तयारी नगरि बैठक बोलाइएकोले आफू बिहानको छलफलमा सहभागी नभएको सभामुख सापकोटाले बताउनुभएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता तथा उपसभामुख रहने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७७ मंगलबार ००:००  ३ : २३ बजे