९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

जनता आवास मार्फत कपिलवस्तुमा १ सय ६८ पक्की घर निर्माण हुँदै, सांसद पन्थीद्धारा शिलन्यास



मायादेवी अनलाइन, वाणगंगा ।

कपिलवस्तुमा जनता आवास कार्यक्रमबाट गरिब विपन्न दलित, मुस्लिम, सिमान्तकृत समुदायको घर निर्माणको काम शुरु भएको छ ।

लुम्बिनी प्रदेश सरकारको सहयोगमा जनता आवास कार्यक्रम मार्फत गरिब विपन्न दलित परिवारको लागि घर निर्माणको कार्य शुरु भएको प्रदेश सांसद विष्णु पन्थीले जानकारी दिनुभयो । यस आ.ब. ०७७ ०७८ को पहिलो चरणमा कपिलवस्तुमा १ सय ६८ नयाँ घर निर्माण हुने भएका छन् ।

गत आ.ब.मा १ सय ५० घर गल्ली सहितको २ कोठे पक्की घर निर्माण निर्माण भइसकेको छ । जनता आवास कार्यक्रम छनौट समितिका संयोजक तथा सांसद पन्थीका अनुसार दलित, मुस्लिम, सिमान्तकृत समुदायको घर बनाउने कार्यलाई दोेश्रो चौमासिक भित्रै घर बनाउने कार्य शुरु गरेर समय भित्रै काम सन्पन्न गर्ने लक्ष्य रहेको छ ।

कार्यविधी अनुसार आवासको समस्या झेलेका अति विपन्न दलित, मुस्लिम, सिमान्तकृत घरपरिवारलाई कार्यक्रमले प्रत्यक्ष समेट्ने सांसद पन्थीले जानकारी दिनुभयो । गत आ.ब. पनि कपिलवस्तुमा जनता आवास कार्यक्रम मार्फत नयाँ घरहरु निर्माण भएका छन्, सांसद पन्थीले भन्नुभयो– ‘ती घरहरुको अनुगमनगर्दा झुपडीमा बसेकागरिब विपन्न परिवारलाई पक्की घर बनेपछि ठुलो राहतमिलेको छ ।’

गत आ.व.देखि नै कपिलवस्तु जिल्ला भर अति विपन्न दलित, मुस्लिम, सिमान्तकृत घरपरिवारको घर बनाउने कार्यलाई सांसद पन्थीले निकै चासोका साथ अघि बढाउनु भएको छ । जस अन्तरगत आवश्यक प्रकृया पुरा गरेर समितिले नयाँ घर बनाउने प्रकृया अघि बढाएको हो ।

छनौट समितिका संयोजक समेत रहनुभएका पन्थीले वाणगंगा २ पिपरामा निर्माण हुने रुपा विकको घरको आइतबार शिलन्यास समेत गर्नुभएको छ । २ महिना भित्र निर्माण कार्य सम्पन्न गरी स्थानीय विकको नयाँ घरमा बस्ने सपना पुरा हुने बताइएको छ । घरको अभावमा वर्षायाम, गर्मी र जाडो मौसममा निकै सास्ती व्यहोर्नु परेको थियो ।

प्रकाशित मिति : ३० मंसिर २०७७ मंगलबार ००:००  १२ : ५५ बजे