मायादेवी अनलाइन, चार नम्बर ।
मंसिर महिना समाप्त हुनै लाग्दा कपिलवस्तु सहितका तराइका जिल्लामा दिनप्रतिदिन जाडो बढ्न थालेको छ ।
विहानैबाट लाग्ने हुस्सुका कारण घाम देखिन छाडेपछि जनजीवन पनि विस्तारै प्रभावित हुन लागेको हो ।
कपिलवस्तुसहितका तराई जिल्लामा ५ दिनदेखि विहानमा लगातार हुस्सु लागेको छ भने दिउस पनि घाम देखिन छाडेको छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोख्रेलले अब जाडाको समय भएकाले बाँकी दिनमा पनि यस्तै मौसम हुने र विस्तारै झन् चिसो बढ्ने बताउनु भयो ।
अहिले दिउँसोतिर केही ठाउँमा कुहिरो हटे पनि साँझ पखा भने मौसम अँध्यारोजस्तो भइरहेको छ । यस्तै तापक्रम पनि घटेको छ ।
जसका कारण बालबालिका, वृद्धवृद्धा र मजदुरहरु यसको मारमा परेका छन् । उनीहरुलाई विहान साँझ हात मुख जोर्न समस्या पर्न थालेको बताइन्छ ।
जाडो सुरु भएसंगै कपिलवस्तुसहितका तराइका सर्वसाधारणहरु विहान साँझ दाउरा बालेर आगो ताप्न थालेका छन् ।
तराईमा कुहिरो तथा अरु केही ठाउँमा आंशिक बद्ली कारण बिहानीपख भिजिबिलिटी कम भइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले सावधानी अपनाउन आग्रह गरिएको छ ।
प्रतिक्रिया