मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुमा समेत सरकार विरुद्ध बिरोध प्रदर्शन भएको छ । नेपाली कांग्रेस जिल्ला कार्य कार्यसमिति कपिलवस्तुको आयोजनामा भएको बिरोध प्रदर्शनमा सहभागीले वर्तमान सरकार सर्वसत्ताबाद तर्फ उन्मुख भएको भन्दै बिरोध जनाएका थिए ।
सदरमुकाम तौलिहवाको बुद्धपद्म माबिबाट शुरु भएको र्याली प्रशासन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
बिरोध सभालाई सम्बोधन गर्दै कांग्रेसका केन्द्रिय सदस्य अतहर कमालले सरकारले सबै क्षेत्रमा हस्तक्षेप गरी सर्वसत्ताबादी चरित्र देखाउँदै आएको बताए ।
बिरोध सभालाई सम्बोधन गर्दै सांसद तथा आमन्त्रित केन्द्रिय सदस्य अभिषेक प्रताप शाह, आमन्त्रित केन्द्रिय सदस्य राजेश सिंह, लुम्बिनी प्रदेश सभाका बिपक्षी दलका नेता बिरेन्द्र कुमार कनौडिया, जिल्ला सभापति सुरेन्द्रराज आचार्य लगायतले कम्युनिष्ट सरकारको सर्वसत्तावादको प्रतिबादमा कडा प्रतिपाद गर्ने बताए ।
सो अवसरमा जिल्ला नेता पूर्व पार्टी सभापति राजेश आचार्य, सुधकार पाण्डेय लगायतले सरकारले लोकतन्त्रमाथि खेलवाड गरेको बताए ।
हजारौको संख्यामा जिल्लाका कार्यकर्ता तथा भातृ संस्थाका कार्यकर्ताहरु सहभागीता रहेको नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आचार्यले बताए ।
प्रतिक्रिया