१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

अब राजसंस्था फर्कन्छ र हिन्दू राज्य हुन्छ, देशभरको युवा प्रदर्शनले यही भन्छः बस्नेत (बाबा)



मायादेवी अनलाइन, चार नम्बर ।
शिव सेना नेपालका केन्द्रिय अध्यक्ष अनिल बस्नेत (बाबा) ले मुलुकमा अब छिटै राजतन्त्र फर्कने ठोकुवा गर्नु भएको छ । राजा समर्थकहरुले कपिलवस्तुमा गरेको र्‍यालीपूर्व संचारकर्मीसंग बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

बाणगंगामा भएको पत्रकार भेटमा उहाँले भन्नुभयो ‘पछिल्लो १४ बर्ष जनताले धेरै दुख पाएका कारण पछिल्लो समय असन्तुष्टि देखिएको छ । अब यो ब्यवस्था टिक्दैन । राजासंस्था फर्कन्छ । हिन्दू राज्य कायम हुन्छ । त्यो समय आउन अब धेरै समय कुर्न पर्दैन ।’ पूर्व राजा ज्ञानेन्द्रले राजगद्द्धि नत्यागेको भए तत्कालिन समयमा नेपाली जनताले ठुलो क्षति भोग्नु पर्नेतर्फ स्मरण गर्दै इतिहासमा मुकुट त्याग्ने एक मात्र त्यागी शाषक ज्ञानेन्द्र भएको उहाँको तर्क छ ।

‘नेपालमा लागु भएका सबै शाषनमध्ये राजतन्त्र सबैभन्दा उत्तम शाषन भएको बल्ल प्रमाणित हुँदै गएको छ । गणतन्त्रका हिमायतिहरुले देशको अखण्डता मासे । स्वाधिनता समाप्त भयो । यो देशको माटो जोगाउन पनि अब राजा फर्कनुको विकल्प छैन’, उहाँले भन्नुभयो ।

राजा फर्कन सम्भव छ र ? भन्ने पत्रकारको जिज्ञासामा उहाँले त्यो निश्चित भइसकेको दाबी गर्नुभयो । ’राजा आऊ देश बचाऊ, ‘मेरो देश मेरो राजा’ प्राणभन्दा प्यारो छ लगायतका नारासहित राष्ट्रिय झण्डा बोकेर युवाहरु स्वतस्फुर्त सडकमा निस्कनुले त्यही बताउने उहाँले बताउनु भयो ।

बाटाहरु सजिला नभए पनि नेपाली जनताले त्यो बाटो चाँडै खनिदिनेमा उहाँले विश्वास ब्यक्त गर्नुभयो । देशभर अहिले भइरहेका झलकहरु सामान्य खालका भएको जनाउँदै तेश्रो चरणको र्याली र प्रदर्शनले गणतन्त्र फालेर राजतन्त्र र हिन्दूराज्य फर्किने उहाँको चेतावनी छ । राजा ज्ञानेन्द्र शाहसंग पनि आफ्नो बेलाबेला भेटघाट हुने भन्दै उहाँको पनि देशप्रति निकै चिन्ता रहेको पनि बाबाले सुनाउनु भयो ।

बेलाबेला विरेन्द्रको वंश सखाप पार्ने आरोप ज्ञानेन्द्र बडामहाराजलाई लाग्ने गरेको बताउँदै उसो हो भने राजा ज्ञानेन्द्रलाई कारबाही गर्न गणतन्त्रका शाषकलाई उहाँको चेतावनी छ । जनताकै बलमा गणतन्त्र फ्याँकिने उहाँको बारम्बार दाबी थियो ।

प्रकाशित मिति : २९ मंसिर २०७७ सोमबार ००:००  ३ : २२ बजे