१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

आज कपिलवस्तुमा कांग्रेस र राजाबादीको प्रदर्शन, किन भयो यस्तो ?



काठमाडौं ।
सरकराको विरोधमा नेपाली काँग्रेसले आज देशब्यापी प्रदर्शन गर्दै छ । देशभर हजारौँ नेता कार्यकर्ता उतार्ने तयारीमा रहेको काँग्रेसको कार्यक्रम अनुसार आज कपिलवस्तुमा पनि प्रदर्शन हुँदै छ । जिल्लाको सदरमुकाम तौलिहवामा काँगेसले प्रदर्शन गर्न लागेको जिल्ला सभापति सुरेन्द्रराज आचार्यले बताउनु भयो ।

वर्तमान सरकारका विरुद्धमा खवरदारी गर्न आयोजना गरिएको कार्यक्रममा सहभागी हुन आचार्यले सबैलाई आग्रह गर्नुभयो । दुई तिहाईको सरकार बिरुद्ध सशक्त प्रर्दशन गरिने भएकाले शक्तिस्वरुप प्रदर्शनमा सहभागी हुन उहाँको अपिल छ । राजाबादीको पनि प्रदर्शन आजै भएको मायादेवीको जिज्ञासामा विल्कुल भ्रममा नपर्न काँग्रेसका एक जनाले नेताले मायादेवीलाई बताए ।

कपिलवस्तुमा पनि राजा आऊ देश बचाऊ
काग्रेसले प्रदर्शन गर्दैगर्दा राजसंस्थाको माग गर्दै आज कपिलवस्तुमा राजाबादीको पनि प्रदर्शन हुँदै छ । विहान ११ बजे जिल्लाको बाणगंगास्थित बुद्धरंगशाला चारनम्बर जितपुरबाट याली सुरु हुने र जिल्लाका विभिन्न स्थान परिक्रमा गर्दै पुनः कोणसभामा परिणत हुने समर्थित संस्थाले जनाएका छन् । राष्ट्रिय झण्डासहित राजा आऊ, देश बचाऊ लगायतका नारा र ब्यानरहरु बनाएर हिजैदेखि भव्य तयारी पनि भएको छ । यो कार्यक्रम काँग्रेससंग नजोडिएकाले भ्रममा नपर्न एक जना राजासमर्थित नेताले मायादेवीसंग बताए ।

राजनीतिक अस्थिरतासंगै विदेशी चलखेल बढिरहेको भन्दै राजा समर्थित विभिन्न संघ संगठनले जिल्लामा ¥यालीको आयोजना गरेको सुरेश सेनले मायादेवी अनलाइनसंग बताउनुभयो ।

विद्यमान जारी संविधान, गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई खुला चुनौती दिने खालको उक्त ¥यालीमा सहभागी हुन सम्पूर्ण कपिलवस्तुबासी, उद्योगी, व्यापारी, विद्यव्त बर्ग सबैमा आयोजकले आग्रह गरेको छ ।

शिव सेना कपिलवस्तुका अध्यक्ष भिष्मराज ढुङ्गानाले आज विहान गरिने ¥याली कुनै संघ संगठनको मात्र नभई सम्पूर्ण कपिलवस्तुबासीको रहेको दाबी गर्नुभयो । राजा विना राष्ट्रियता बलियो नहुने भन्दै अब नेपाली जनताले राजासहितको व्यवस्था ल्याउने बाणगंगाका राप्रपा नेता राजेन्द्र विक्रम शाहको भनाई छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७ सोमबार ००:००  ६ : ३३ बजे