१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

राजा समर्थित संघ संगठनले भोलि कपिलवस्तुमा र्‍याली निकाल्दै



मायादेवी अनलाइन, चार नम्बर ।
हाल देशभर राजसंस्थाको माग गर्दै भैरेहेको आन्दोलनको स्वरुप भोलि कपिलवस्तुमा पनि देखिने भएको छ । विहान ११ बजे जिल्लाको बुद्धरंगशाला चारनम्बर जितपुरबाट सुरु हुने र्‍याली जिल्लाका विभिन्न स्थान परिक्रमा गर्दै पुनः कोणसभामा परिणत हुने भएको हो ।

राजनीतिक अस्थिरतासंगै विदेशी चलखेल बढिरहेको भन्दै राजा समर्थित विभिन्न संघ संगठनले जिल्लामा र्‍यालीको आयोजना गरेको सुरेश सेनले बताउनुभयो ।

विद्यमान जारी संविधान, गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई खुला चुनौती दिने खालको उक्त र्‍यालीमा सहभागी हुन सम्पूर्ण कपिलवस्तुबासी, उद्योगी, व्यापारी, विद्यव्त बर्ग सबैमा आयोजकले आग्रह गरेको छ ।

शिव सेना कपिलवस्तुका अध्यक्ष भिष्मराज ढुङ्गानाले सोमबार विहान गरिने ¥याली कुनै संघ संगठनको मात्र नभई सम्पूर्ण कपिलवस्तुबासीको रहेको दाबी गर्नुभयो । वाणगंगा क्षेत्रका सञ्चारकर्मी समक्ष समग्र कार्यक्रमको जानकारी दिनुभएका अध्यक्ष ढुङ्गानाले अहिले देशमा राष्ट्रिय एकता, राष्ट्रिय स्वाधिनता र राष्ट्रिय अखण्डता संकटमा परेकोले देश र धर्ममाथि कालो बादल मडारिएका कारण स्वभिमानी जनताले यो कार्यक्रम राखेको जनाउनुभयो ।

साथै राजेन्द्र अधिकारी, धुव्र रायमाझीले नेपाली जनताको भावना विपरित देशमा धर्मनिरपेक्षता कायम गरिएको भन्दै यसलाई खारेज गरी हिन्दु राज्य स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । राजा विना राष्ट्रियता बलियो नहुने भन्दै अब नेपाली जनताले राजासहितको व्यवस्था ल्याउने उहाँहरुको दाबी थियो ।

प्रकाशित मिति : २८ मंसिर २०७७ आइतबार ००:००  ९ : ०८ बजे