१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

बाघको आक्रमणबाट ज्यान गुमाएका ५ परिवारलाई १०/१० लाख राहत



बर्दिया ।
बाघको आक्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ । बाघ आक्रमणमा परि ज्यान गुमाएका बर्दियाको मधुवनका ४ जना र गेरुवाका १ जना गरी ५ जनाका परिवारलाई राहत रकम उपलब्ध गराइएको हो ।

डिभिजन वन कार्यालय बर्दियाले राष्ट्रिय वन क्षेत्रमा बाघ आक्रमणमा परी ज्यान गुमाएका मधुवन नगरपालिका क्षेत्रका ४ जनाका परिवारलाई प्रति परिवार १० लाखका दरले ४० लाख रुपैयाँ उपलब्ध गराएको छ । यस्तै बर्दियाको गेरुवामा निकुञ्जको बाघले आक्रमण गर्दा ज्यान गुमाएका व्यक्तिका परिवारलाई निकुञ्जले १० लाख रुपैयाँ राहत उपलव्ध गराएको हो ।

मधुवन नगरपालिका-३ खातामा बाघ आक्रमणमा परी भदौ १८ गते विशाल वलीको ज्यान गएको थियो । यस्तै, कात्तिक ५ गते गंगा खत्री र कात्तिक ११ गते गते रमेश थारु र दिनेश थारुले बाघकै आक्रमणबाट ज्यान गुमाएका थिए ।

यस्तै, कात्तिक १५ गते बाघकै आक्रमणबाट बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर ४ राजीपुरका लहानु थारुको ज्यान गएको थियो। गेरुवा क्षेत्रमा मान्छे मार्ने बाघलाई निकुञ्जको टोलीले नियन्त्रणमा समेत लिइसकेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७७ आइतबार ००:००  ६ : २१ बजे