१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

वाणगंगामा बृहत रक्तदान कार्यक्रम, ५२ प्वाईन्ट रगत संकलन



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगामा शनिबार भएको बृहत रक्तदान कार्यक्रममा ५२ प्वाईन्ट रगत संकलन भएको छ । मानव अधिकार तथा शान्ति समाज कपिलवस्तु र श्री सद्भाव युवा समाज कतारको संयुक्त आयोजनामा भएको बृहत रक्तदान कार्यक्रममा उक्त रगत संकलन भएको हो । रक्तदान कार्यक्रममा यस क्षेत्रका समाजसेवी, भद्रभलाद्मी र सर्वसाधारण सरिक भएका थिए ।

देशैभर रगतको अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै यी दुई सामाजिक संस्था मिलेर बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको समाजका जिल्ला सभापति गोबिन्दराज पोख्रेलले जानकारी दिनुभयो ।

‘मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसा’ भन्ने मुल नाराका साथ स्थापनाकाल देखिनै विभिन्न मानवीय सेवा तथा सामाजिक कार्य गर्दै आइरहेको समाजले सि एण्ड सी अस्पताल चार नम्बर र ब्लड बैंक बुटवलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम राखिएको अध्यक्ष पोख्रेलले जनाउनुभयो ।

आयोजक संस्था श्री सद्भाव युवा समाज कतारका अध्यक्ष गुणानिधी घिमिरेले नेपालीहरुलाई रगतको अभाव नहोस भन्ने उद्देश्यले यो कार्यक्रम राखिएको बताउनुभयो ।

कार्यक्रमका सहभागी वाणगंगा नगरका नगर प्रमुख मंगल प्रसाद थारुले संस्थाले गरेको कार्य प्रशंसनीय रहेको बताउदै ब्लड बैंक स्थापनाका लागि नगरपालिकाले सक्दो प्रयास गर्ने बताउनुभयो । नगर प्रमुख थारुले रक्तदान जस्तो पवित्र कार्यक्रम सफलताको शुभकामना दिंदै संस्थालाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

सि एण्ड सि अस्पतालका प्रमुख गोपाल घिमिरेले अस्पतालले यस्ता विभिन्न सामाजिक क्रियाकपलापमा अस्पतालले प्राविधिक सहयोग गर्दै आईरहेको र आगामी दिनमा पनि गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २७ मंसिर २०७७ शनिबार ००:००  १० : ३३ बजे