नवलपरासी ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले कौडा खेलिरहेका ५ जनालाई नगदसहित पक्राउ गरेको छ । उनीहरुलाई ३ लाख ८५ हजार रुपेयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय नवलपरासीका सूचना अधिकारी प्रहरी निरीक्षक मधुसुदन सिंहले जानकारी दिनुभयो । प्रहरीले देवचुली –१, का सुवासचन्द्र ओझा, चितवन भरतपुर महानगरपालिका –२ का सन्दिप गुरुङ, वडा नम्बर–११, का किरण श्रेष्ठ, र दुर्गामान गुरुङ र लमजुङ सुन्दरबजारका दिनेश जोशीलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया