१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

दाङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुग्यो



दाङ ।

कोरोना भाइरस संक्रमणका कारण दाङमा मृत्यु हुनेको संख्या ४४ पुगेको छ। शुक्रबारसम्म २२ हजार ८१६ जनाको स्वाब पिसिआर परीक्षण गर्दा तीन हजार २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ४४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ। संक्रमितमध्ये दुई हजार ९९२ जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिए।

सक्रिय संक्रमितको संख्या २४९ जना रहेको छ। तीमध्ये होम आइसोलेसनमा २०५ जना र संस्थागत आइसोलेसनमा ४४ जना रहेको छन्। संक्रमणबाट सबैभन्दा बढी तुलसीपुर र घोराही उपमहानगरपालिकामा मृत्यु भएको छ। तुलसीपुरमा १९ जनाको संक्रमणबाट मृत्यु भएको छ। त्यसैगरी घोराही उपमहानगरपालिकामा १९, लमही नगरपालिकामा तीन, राप्ती गाउँपालिकामा दुई र बबई गाउँपालिकामा एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७७ शनिबार ००:००  १ : ४० बजे