चितवन ।
गौतम बुद्ध कप क्रिकेट प्रतियोगिता आजबाट चितवनमा सुरु हुदैछ । भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा हुन लागेको प्रतियोगितामा तीन टिम समावेश छन् ।
राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका खेलाडी सहित विभिन्न उमेर समूहका खेलाडी र चितवनका स्थानीय खेलाडीलाई टोलीमा समावेश गरिएको छ ।
सिंगल राउण्ड रोबिनका आधारमा सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन शनिबार बागमती र र नारायणी टिमबीच प्रतिस्पर्धा हुनेछ ।
दोस्रो दिन बागमती र राप्ती तथा अन्त्मि तेस्रो दिन राप्ती र नारायणी टिमबीच प्रतिस्पर्धा हुनेछ ।शीर्ष स्थानको टिमले मंसिर ३० गते फाईनल खेल खेल्नेछन् ।
मैदानको पिच र मौसम अनुसार टी–ट्वान्टी ढाँचामा खेलाउन लागिएको प्रतियोगितालाई भरतपुर महानगरपालिकाले आर्थिक सहयोग गरेको हो ।
कोरोनाका कारण प्रभावित बनेको घरेलु खेलकुदलाई चलायमान बनाउन बागमती प्रदेश क्रिकेट संघले प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतिक्रिया