मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा सम्पन्न राष्ट्रिय पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि कास्कीका बिशाल खड्का र बिधान अधिकारीले जितेका छन् । उपाधिसंगै ६६ हजार नगद र शिल्ड समेत उनीहरुले प्राप्त गरेका छन् ।
कपिलवस्तुका बिनोद पौडेल र राजु थापालाई हराउदै सोझो सेटमा कास्कीले जित हासिल गर्न सफल भएको हो ।
पहिलो सेट २१–१६ र दोस्रो सेठ २१–७ ले कास्की बिजयी भएको हो । द्धित्तिय भएको कपिलवस्तुले ३३ हजार शिल्ड र मेडल पाएका छन् । कार्यक्रममा खेलाडीलाई प्रदेश सांसद बिष्णु पन्थीले शिल्ड र मेडल प्रदान गरेका थिए ।
उनले युवालाई खेलसगं जोड्न सके समाज राम्रो हुनुका साथै खेल क्षेत्रमा पनि अगाडी बढीने बताए । प्रतियोगिता बाणगंगा नगरपालिका वडा न. ४ र शान्ती दिप युवा क्लवको समन्वयमा प्रतियोगिता भएको हो ।
प्रतियोगितामा बिभागीय टोलीसहित देशभरका ३७ समूहको सहभागिता रहेको थियो । वडाध्यक्ष गणेशबहादुर क्षेत्रीले प्रतियोगितालाई निरन्तरता दिने बताउदै प्रतियोगिता सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।
प्रतिक्रिया