मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु नगरपालिका– ५ गोटिहवास्थित कोटिग्राम माविमा ई–लाईब्रेरी संचालन गरिएको छ । संघीय सरकारको सशर्त अनुदान अन्तर्गत त्यहाँ साढे ६ लाख लागतमा लाईब्रेरी संचालनमा ल्याइएको हो ।
कपिलवस्तु नगरपालिकाकी उप मेयर लक्ष्मी गुप्ता साउले ब्यानर उघारेर लाईब्रेरीको उद्घाटन गर्दै यसले अब बिद्यार्थी र शिक्षकलाई नौलो कुराको जानकारी लिन सजिलो हुने बताईन ।
उनले यसलाई सहि सदुपयोग गर्नु पर्ने बताईन । नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख हरि प्रसाद ज्ञवालीले यसको सही उपयोग हुनु पर्ने बताए ।
उनले लाईब्रेरीमा पुस्तकको संख्या बढाउनु पर्ने र यसको स्तर अझै बढाउनु पर्ने बताए । सो अवसरमा वडाध्यक्ष दिरेप कुमार चौधरीले सो बिद्यालय वडा कै नमुना बनाउने अभियानमा लागेका बताए ।
उनले यस बर्ष करिब ४९ लाख लागतको चार कोठे भवन निर्माण गरिने बताए । लाईब्रेरीमा ल्याबटप, प्राजेक्टर पुस्तकहरु छन् ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष साधुशरण यादवको अध्यक्षता, प्रअ मधु शाहको स्वागत मन्तब्यमा भएको कार्यक्रममा नगरपालिकाका शिक्षा सल्लाहकार कनकमान श्रेष्ठ लगायतले शुभकामना मन्तब्ष्य दिएका थिए ।
प्रतिक्रिया