१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मानव अधिकार शान्ति समाजको रक्तदान भोलिः डेढ सय पोका रगत संकलनको लक्ष्य



मायादेवी अनलाइन, चार नम्बर ।
मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा कपिलवस्तुले वृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

७२ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा साताव्यापी कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । रक्तदानबारे जानकारी दिँदै समाजले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी सभापति गोविन्द पोख्रेलले डेढ सय पोका रगत संकलन गर्ने लक्ष्य राखिएको बताउनु भयो ।

रक्तदान सि एण्ड सि हस्पिटलमा विहान ९ बजेदेखि १ बजेसम्म हुने पनि उहाँले जानकारी दिनुभयो । रगत नपाए कपिलवस्तु जाऔँ भन्ने नारालाई सफल बनाउन आफूहरु यस कार्यमा लागेको उहाँको भनाई छ । पोख्रेलले यो सबैको कार्यक्रम भएकाले सहभागी हुन समेत उहाँले आग्रह गर्नुभयो ।

पत्रकार सम्मेलनमा सि एण्ड सि हस्पिटलका डा. प्रकाश श्रेष्ठले जिल्लामा रगतको अभाव हुन नदिन सबै कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभयो । रगत दान गर्दा शरीरलाई कहिल्यै हानी नहुने उहाँको भनाई छ ।

संस्थाका कोषाध्यक्ष माधव घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा संस्थाका प्रेस संयोजक सदस्य बुद्धि सागर बेल्वासे लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०७७ शुक्रबार ००:००  १० : १८ बजे