१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मानव अधिकार दिवसमा १८ जनालाई सम्मान



मायादेवी अनलाइन, तौलिहवा ।
७२ औं मानव अधिकार दिवस तथा लैगिंक हिंसा बिरुद्ध १६ दिने अभियानको समापनको अवसरमा कपिलवस्तुको तौलिहवामा १८ जनालाई सम्मानित गरिएको छ ।

मानव अधिकार तथा लैगिंक हिंसा बिरुद्धको अभियानमा भूमिका खेलेको भन्दै कपिलवस्तु नगरपालिकाले १५ महिला र ३ पुरुषलाई सम्मानित गरेको हो ।

त्यस मध्ये २ जना सुरेन्द्रराज लम्साल र पुष्पा रेग्मीलाई युनएनएफपिए र सिद्धार्थ समाजिक विकास केन्द्रले सम्मानित गरेको हो ।

कपिलवस्तु नगरपालिकाले माधुरी श्रेष्ठ, माया ज्ञवाली, जुनु श्रेष्ठ, ओरिराम चौरसिया, लक्ष्मी श्रेष्ठ, बसन्त कुमारी सिंह, ताहिरा खातुन, बिमला पौडेल सुष्मा शर्मा, सुचिता श्रीवास्तव, बिजयलक्ष्मी सिंह, सुष्मा आचार्यलाई सम्मान गरेको छ ।

यस्तै सबिता श्रेष्ठ, गीता श्रीवास्तव, थानकला पौडेल देबीराम काहार सम्मानित भएका हुन । लुम्बिनी प्रदेश सदस्य रिना नेपाल, उप मेयर लक्ष्मी गुप्ता साउले संयुक्तरुपमा उनीहरुलाई कदर पत्र र दोसल्ला ओढाई सम्मानित गरेका थिए ।

सो अवसरमा प्रदेश सदस्य नेपालले मानव अधिकार र लैंगिक हिंसा न्यूनीकरणमा आफै सचेत हुुनु पर्ने बताईन । उनले लैंगिक हिंसा बिरुद्धको अभियानमा सबैले साथ दिनु पर्ने बताईन ।

सो अवसरमा उप मेयर गुप्ता, नगरपालिकाका सामाजिक विकास संयोजक प्रकाश गैरे, नगरपालिका शिक्षा प्रमुख हरि प्रसाद ज्ञवाली लगायतले मन्तब्य दिएका थिए ।

सो अवसरमा अधिकारकर्मी बसन्त बन्जाडेले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम उप-प्रमुख गुप्ताको अध्यक्षता र पदमराज श्रेष्ठको संचालनमा भएको थियो ।

उता कालिका सामाजिक विकास केन्द्रले लैंगिक हिंसा बिरुद्ध बिभिन्न कार्यक्रम सम्पन्न गरेको छ । सुआहारा कार्यक्रम अन्तर्गत तौलिहवामा अन्तरक्रिया, दिप प्रज्वलन, कानुनी प्रशिक्षण लगायतका कार्यक्रम सम्पन्न गरेको छ ।

यसै बीच सो संस्थाले तौलिहवा र लवनीमा कार्यपत्र प्रस्तुत र अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । तौलिहवामा भएको कार्यक्रममा प्रहरी उपरिक्षक नवराज अधिकारीले लैगिंक हिंसा न्यूनीकरणमा नागरिक आफै सचेत हुुनुपर्ने बतए ।

उनले हिंसा न्यूनीकरणमा नागरिकले प्रहरीलाई साथ दिनु पर्ने बताए । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालले लैंगिक हिंसा न्यूनीकरण अभियानलाई गाउँ गाउँमा लग्नुपर्ने बताए ।

अन्जु शर्माको अध्यक्षता र शान्ता पौडेलको संचालनमा भएको कार्यक्रममा कपिलवस्तु नगरपालिकाकी उप मेयर लक्ष्मी गुप्ता, जुनु श्रेष्ठ, माधुरी श्रेष्ठ लगायतले मन्तब्य दिएका थिए । कार्यक्रममा अधिवक्ता कृष्ण पौडेल, बुजेन्द्र बन्जाडेले छुट्टा छुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०७७ शुक्रबार ००:००  ८ : ५० बजे