१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

जग्गाको मालिक जनतालाई बनाउन प्रतिबद्ध छौँः खानेपानीमन्त्री



कञ्चनपुर ।
खानेपानीमन्त्री बीना मगरले भोगचलन गर्दै आएको तरस्वामित्व नपाएको जग्गाको मालिक जनतालाई बनाउनका लागि काम अगाडि बढाइएको बताएकी छिन् ।

बिहीबार बेलडाँडी गाउँपालिका कार्यालयको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै उनले चुनावमा गरिएको प्रतिबद्धताअनुसार सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको मालिक बनाउन लागिएको बताइन् ।

वर्षौंदेखि थाति रहेको आरक्ष विस्थापित परिवारको पुनःस्थापनको कार्य अगाडि बढाउनका लागि पहल भइरहेको उनले बताइन् । “आरक्ष विस्तारका क्रममा सयौँ परिवार विस्थापनमा परेका छन् यसबारे जानकार छु”, उनले भनिन्, “यस समस्यालाई गम्भीरतापूर्वक लिएको छु ।”

जिल्लाको विकासका लागि कटिबद्ध रहेको धारणा अघि सार्दै उनले विकासका लागि योजनाबद्धरुपमा काम अगाडि बढाइएको बताइन् । रासस

प्रकाशित मिति : २६ मंसिर २०७७ शुक्रबार ००:००  ६ : ३५ बजे