मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिकामा एक दर्जन बढी गैरसरकारी संघ संस्थाले एकै कार्यक्रम मार्फत ७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाएका छन् ।
दिवसको अवसर पारेर ‘कोरोना महामारीमा मानव अधिकारको अवस्था र कार्यन्वयनको चुनौती बिषयमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि मानव अधिकार एलाइन्सका केन्द्रिय उपाध्यक्ष तथा मानव अधिकार महाभेला लुम्बिनी प्रदेश संयोजक पोमनारायण पौडेलले मानव अधिकार प्रति राजनीतिक दलको अहम भूमिका रहने हुनाले मानव अधिकार हनन् गर्ने व्यक्तिलाई राजनीतिक संरक्षण गर्नु अपराध हुने बताउनुभयो । मानव अधिकार जन्मदेखि मृत्युसम्म हुने हुनाले यसमा सबै संवेदनशिल हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले मानव अधिकार उल्लङ्घनका घटनामा राज्य संवेदनशिल हुनुपर्नेमा जोड दिनुभयो । संविधानले पनि मानव अधिकारको प्रत्याभूत गरेको भन्दै अध्यक्ष पोख्रेलले सबै कानुनको दायरामा रहनुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेसका जिल्ला सदस्य रबि बहादुर काफ्लले परिवर्तन आफैबाट सुरु गर्नुपर्ने भएकाले मानव अधिकार संरक्षणका लागि आफ्नो पार्टीले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सिद्धार्थ क्याम्पसमा पुर्व क्याम्पस प्रमुख बालाराम ज्ञवालीले शिक्षा क्षेत्रबाट विद्यार्थीहरुलाई सानो उमेरबाटै मानव अधिकारको बिषयमा ज्ञान दिन सकिएमा घरपरिवार हुंदै समाजमा समेत सकारात्मक परिवर्तन हुने विश्वास व्यक्त गर्नुभयो ।
मानव अधिकार एलाइन्सका जिल्ला अध्यक्ष रोमकान्त घिमिरेले संस्थाले गरेका कार्यहरुको बारेमा स्पष्ट पार्नुभएको थियो ।
कार्यक्रमको अध्यक्ष समेत रहेका घिमिरेले मानव अधिकारको चपेटामा परेका व्यक्तिहरुलाई वकालत गरी पीडकलाई कानुनी कारवाहीका लागि सम्बन्धित निकायसम्म पु¥याउन सबैको दायित्व रहेको बताउनुभयो ।
मानव अधिकार तथा सान्तीसमाज कपिलवस्तुका अध्यक्ष गोबिन्दराज पोख्रेलको स्वागत मन्तव्य रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव तथा शिक्षाका लागि राष्ट्रिय अभियानका जिल्ला अध्यक्ष हरि अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा जिल्लाका मानव अधिकारकर्मी, राजनितिज्ञ, सुरक्षाकर्मी, पत्रकार लगायतले मानव अधिकार हनन् विरुद्ध आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
प्रतिक्रिया