१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कपिलवस्तुको गोरुसिंगेमा शाइन रेसुङ्गाको ७१औं शाखा स्थापना



बुटवल ।
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कपिलवस्तुको गोरुसिंगेमा शाखा कार्यालय सञ्चालनमा लयाएको छ ।

राष्ट्रिय स्तरको विकास बैंकमा स्तरोन्नति भएसंगै बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा बुद्धभूमि नगरपालिका वडा नंं. २ गोरुसिंगे बजारमा बैंकले बिहीबारदेखि शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । बैंकको यो ७१ औं शाखा हो ।

शाखा कार्यालयको बुद्धभूमि नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले उद्घाटन गरेका छन् । सो अवसरमा नगर प्रमुख श्रेष्ठले शाइन रेसुङ्गा लुम्बिनी प्रदेशकै एक मात्र राष्ट्रियस्तरको विकास बैंक भएको र गोरुसिंगेमा नयाँ शाखा स्थापानाले नगरवासीहरु लाभान्वित हुने बताए ।

उद्घाटन कार्यक्रममा बैंकका वरिष्ठ प्रबन्धक लालमणि पन्थी, गोरुसिंगे शाखा प्रमुख सन्तोष घिमिरेले शाखा कार्यालयबाट कृषि, ब्यापार, उद्योग र सेवा क्षेत्रमा सहुलियत दरमा कर्जा प्रवाहका साथै निक्षेपमा आकर्षक ब्याजदर तथा लकर सुविधा,मोबाइल बैकिङ सुविधा रहेकाले लाभ लिन नगरवासीलाई आग्रह गरे ।

यसअघि कपिलवस्तुमा शाइन रेसुङ्गा बैंकको चार नम्बर जितपुर र चन्द्रौटामा पनि शाखा कार्यालय रहेका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७७ बिहिबार ००:००  ६ : १६ बजे