१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

आगामी माघ २३ गते कपिलवस्तु उद्योग वाणिज्य संघको अधिबेशन प्रस्ताव !



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तु उद्योग वाणिज्य संघको सातौं अधिवेशन तथा १५ औं साधारणसभा आगामी माग २३ गते हुने प्रस्ताव पेश भएको छ ।

संघ सचिवालयको विहीबार विहान बसेको नियमित बैठकमा उक्त मितिको प्रस्ताव पेश भएको हो । प्रस्ताव पेश भएसंगै अब यो प्रस्ताव समितिको पूर्ण बैठकमा पेश हुने छ ।

संघको प्रत्येक तीन तीन बर्षमा अधिवेशन हुँदै आएको छ । बर्तमान नेतृत्व सहमतीको आधारमा चयन भएको थियो । यो पालि के हुने हो अझै चर्चा बाहिर आएको छैन् ।

यस्तै विहीबारको बैठकमा नेपाल उद्योग वाणिज्य संघको हालै सम्पन्न केन्द्रिय महाधिवेशनको समिक्षा भएको छ । यस्तै कपिलवस्तु संघका पूर्व अध्यक्ष यज्ञ प्रसाद भट्टराई केन्द्रिय समितिमा उठेपनि पराजित हुनुको कारणबारे पनि बैठकमा छलफल भएको संघका अध्यक्ष उमानाथ पौडेलले बताउनुभयो ।

प्राबिधिक कारणले चुनावमा पराजित भएको र समग्रमा महाधिवेशन राम्रो भएको अध्यक्ष पौडेलले बैठकमा सुनाउनुभएको थियो ।

संघका वरिष्ठ उपाध्यक्ष रुक बहादुर भुसालले कपिलवस्तुबाट संघको केन्द्रिय अधिवेशनबाट पहिलो पटक उम्मेद्वारी दिदाँ थुप्रै अनुभव मिलेको बताउनुभयो । केन्द्रिय महाधिवेशनमा केही राजनीति गन्ध पनि देखिएको कारण कपिलवस्तुले पराजय भोग्नुपरेको उहाँको समिक्षा थियो ।

प्रकाशित मिति : २५ मंसिर २०७७ बिहिबार ००:००  ९ : ३९ बजे