काठमाडौं ।
नेपाली राष्ट्रिय टिममा रहेका खेलाडीको सहभागिता रहने गौतमबुद्ध कप क्रिकेट प्रतियोगिताको टिम र खेल तालिका सार्वजनिक भएको छ ।
तीन टिमको सहभागी रहने प्रतियोगिताको खेल तालिका तथा टिमका खेलाडी बुधबार सार्वजनिक गरिएको हो । प्रतियोगितामा बागमती टिम, नारायणी टिम र राप्ति टिमले सिंगल राउण्ड रोबिनको फर्म्याटमा खेल्नेछन् ।
यही २७ गते हुने सुरुवाती खेलमा बागमती टिमले नारायणीसंग प्रतिस्पर्धा गर्ने छ । दोस्रो खेल २८ गते बागमती टिम र राप्ति टिम तथा अन्तिम खेल २९ गते राप्ति टिम र नारायणी टिमबीच हुने छ ।
हरेक टिमले दुई खेल खेल्ने छन् र शीर्ष स्थानको दुई टिमले ३० गते फाइनल खेल्ने छन् । बागमती टिमको कप्तानी ज्ञानेन्द्र मल्लले गर्ने छन् । यस्तै पारस खड्काले नारायणी तथा बिनोद भण्डारीले राप्तिको नेतृत्व गर्ने छन् ।
आयोजक बागमती प्रदेश क्रिकेट संघले कोरोना भाईरसको स्वास्थ्य सुरक्षाको मापदण्डलाई पालना गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको हो । कोरोना माहामारीपछि नेपाली राष्ट्रिय खेलाडीले पहिलो पटक प्रतियोगिता खेल्ने छन् ।
प्रतियोगिता चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा हुनेछ ।
राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका खेलाडी र अन्य घरेलु क्रिकेटका खेलाडीलाई समेटेर टिम बनाईएको हो ।
आयोजकले प्रतियोगिता टी(ट्वान्टी र एकदिवसीय फर्म्याट मध्ये एक हुने जनाएको छ ।
बागमती टिम
ज्ञानेन्द्र मल्ल ९कप्तान०, अनिल शाह, सोमपाला कामी, राशिद खान, ललित राजबंशी, सगर ढकाल, रहित पौडेल, पवन सर्राफ, सुनिल धमला, बिक्रम सोब, प्रदीप ऐरी, भिम शार्की, आकाश थापा र संगर्ष ढकाल
नारायणी टिम स्
पारस खड्का ९कप्तान०, सुवास खकुरेल, कारण केसी, किशोर महतो, सुशन भारी, सहाब आलम, आरिफ शेख, सन्दीप जोरा, रित गौतम, सिद्दान्त लोहनी, इशान पाण्डे, राजु रिजाल, दिपेश श्रेष्ठ र बिबेक यादब
राप्ति टिम स्
बिनोद भण्डारी ९कप्तान०, कुशल भुर्तेल, अविनास बोहरा, कमल ऐरी, सुर्य तमाङ, भुवन कार्की, शरद भेषावकर, लोकेश बम, आशिफ शेख, जितेन्द्र मुखिया, अमित श्रेष्ठ, सुमित महर्जन, हरि चौहान र सप्निल अधिकारी
प्रतिक्रिया