१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कपिलवस्तु भलवाडका दामोदर कोइली नदीमा मृत फेला



मायादेवी अनलाइन, चार नम्बर ।
बुधबार साँझपख कपिलवस्तुको कोइली नदीमा डुबेर एक जना पुरुषको निधन भएको छ । जिल्लाको वाणगंगा नगरपालिका वडा नं. ९ चौवाहका अन्दाजी ४० बर्षीय दामोदर आचार्यको कोइली नदीमा डुबेर ज्यान गएको हो ।

मजदुरी गरी बनगाईबाट घर फर्कनेक्रममा आचार्य कोइली नदीमा बेपत्ता भएका थिए । कोइलीको कजेव नजिकको नदीमा खसेका उनको शब दुई घण्टापछि सुरक्षाकर्मीले नदीबाट निकालेका थिए ।

साइकलसंगै नदीमा खसेका उनी के कति कारणले नदीमा डुबेका हुन् अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

आचार्यको मृत्यु भएको ठाउँमा गएको असोज पहिलो हप्ता आएको बाढीले गजेहडा विद्युत वितरण केन्द्रको गाडीलाई बगाउदा तीन जनाको मृत्यु भएको थियो ।

यो समाचार पढ्नुहोस् कपिलवस्तुको कोइली खोलाले विद्युत प्राधिकरणको जीप बगायो

र, यो पनि… ५० घण्टापछि यसरी उठे खोलाको बगरबाट ‘कृष्ण’, स्वर्गमा बास होओस् !

कजवे नजिकै बर्खामा आउने बाढीले ठूलो दह बनाएको कारण सर्वसाधारणलाई अहिले यहाँ हिडडुल गर्न जोखिम बढेको छ ।

यो पनि पढ्नुहोस् ०३९ सालदेखि भलवाडबासीले कोइली खोलामा पुल मागे तर, सुनिदिने कोही भएनन् !

प्रकाशित मिति : २४ मंसिर २०७७ बुधबार ००:००  ९ : २० बजे