१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

विवेकशिल र साझा एक भए, वैकल्पिक राजनीतिक शक्ति बनाउने दाबी



काठमाडौँ ।
वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाए पनि एकीकरणको केही समयमै फेरि चोइटिएका विवेकशील नेपाली दल र साझा पार्टीबीच बिहीबार पुनस् एकपटक एकीकरण भएको छ । एकीकरण भएको पार्टीको नाम विवेकशील साझा पार्टी रहनेछ ।

‘विवेकशील साझा पार्टीलाई सबैको प्रगतिशील पार्टी बनाउनेछौँ,’ जुममार्फत आयोजित विवेकशील नेपाली र साझा पार्टीको एकीकरण कार्यक्रममा संयोजक मिलन पाण्डेले भने ।

पाण्डेले आफूले जानेर वा नजानेर जनताहरुको चित्त दुखाएको उल्लेख गर्दै अब त्यो चित्त दुख्ने अवस्था नआउने उल्लेख गरे ।

एकीकृत पार्टीको केन्द्रीय समिति दुवैतर्फबाट ६५/६५ जना गरी १३० जनाको हुने जानकारी कार्यक्रम सञ्चालक रञ्जु दर्शनाले दिइन् । एकता महाधिवेशन ६ महिनाभित्र हुने जानकारी पनि उनले दिइन् ।

पार्टी संयोजक मिश्रले एकपटक गल्ती भइसकेको उल्लेख गर्दै अब विवेकशील साझालाई अटल रुपमा अघि बढाउने बताए । ‘यो देशको नेतृत्वमा पुग्नसक्ने पार्टी हामी यसलाई बनाउनेछौँ,’ उनले भने, ‘विवेकशील साझा पार्टीलाई आगामी निर्वाचनमा निर्विकल्प पार्टीका रुपमा उभ्याउने गरी हामी काम गर्नेछौँ ।’

साझा पार्टीका प्रमुख रवीन्द्र मिश्र र विवेकशील नेपालीका तर्फबाट मिलन पाण्डेले एकीकरण प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

प्रकाशित मिति : २४ मंसिर २०७७ बुधबार ००:००  ४ : ३१ बजे