१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

ओली र प्रचण्डबीच भेटवार्ता, पार्टीभित्रको विवादबारे सामान्य छलफल



काठमाण्डौ ।

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

बुधबार बिहान बालुवाटारमा भएको भेटवार्तामा नेकपाभित्रको विवाद र सचिवालयमा पेस भएका प्रस्तावको विषयमा सामान्य छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

गएको आइतबार प्रधानमन्त्रीको अनुपस्थिति विना नै बसेको स्थायी कमिटीको बैठकले सहमतिको लागि भन्दै सात दिनको समय छुट्याएको छ ।

सात दिनसम्म नेताहरूबीच औपचारिक र अनौपचारिक छलफल गर्ने, सचिवालय बस्ने र ओली र प्रचण्डले पेस गरेका प्रस्तावको बारेमा निष्कर्ष निकाल्न पहल गर्ने स्थायी कमिटीले निर्णय गरेको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०७७ बुधबार ००:००  ३ : ३३ बजे