१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

बाणगंगामा आइपुगे ब्याडमिन्टनका विभागीय खेलाडीहरु, आज ११ बजे उद्घाटन



मायादेवी अनलाइन, चार नम्बर ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा हुने ‘खुल्ला राष्ट्रिय पुरुष डबल्स ब्याडमिन्टन’ प्रतियोगिताको लागि खेलाडीहरु आइपुगेका छन् । बुद्ध रंगशाको कभर्ड हल चार नम्बरमा हुने प्रतियोगिता खेल्न मंगलबार साँझसम्म विभागिय (नेपाल आर्मी, पुलिस) सहित राष्ट्रिय खेलाडीहरु आइपुगेको खेल संयोजक शुशिल सिंह ठकुरीले मायादेवी अनलाइनलाई बताउनु भयो ।

बुधबार विहान आज ११ बजे नगरपालिकाका नगरप्रमुख मंगल प्रसाद थारुले उद्घाटन गर्नु हुने प्रतियोगितामा ४० बढी ब्याडमिन्टन जोडीले भाग लिएका छन् । जसमा चर्चामा रहेका राजु थापा, विशाल खनाल, विनोद पौडेल, विश्वास नेपाल, इर्फान अन्सारी, लगायतका खेलाडी समावेश छन् ।

उनीहरु मंगलबार नै चार नम्बरमा आइपुगेका छन् भने हेटौँडा, धनगढी लगायतका खेलाडीहरु पनि आउने क्रम जारी छ । वडा नम्बर ४ का वडाध्यक्ष गणेश क्षत्रीका अनुसार राष्ट्रियस्तरका चर्चित रेफ्रीहरु सुदिप योञ्जन, उदय अर्याल, सुमित शाक्य लगायतले प्रतियोगिता खेलाउनु हुने छ । कभर्ड हलमा रहेका २ वटा कोडमा २ दिनसम्म खेल हुने छन् ।

प्रतियोगिताको लागि तयारी पनि ९५ प्रतिशत सकिएको छ । कभर्डहललाई रंगरोगन गर्नेदेखि, प्रचार प्रसार, सम्पर्क समन्वय लगायतका सबै काम लगभग सकिएको आयोजकको भनाई छ ।
प्रतियोगितामा लागु औषध दुव्र्यसनमा लागेर पुर्नस्थापित भइसकेका र बिभिन्न सुधारगृहमा बसिरहेका खेलाडीले पनि भाग लिएका छन् ।

प्रतियोगितामा विजेता हुने टिमले ६६ हजार, उपविजेताले ३३ हजार र तृतीय हुने टिमले १६ हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न करिब ८ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । वडा कार्यालयले आयोजना गरेको देशकै ठुलो प्रतियोगिताको च्याम्यिन जोडीको टुङ्गो मंसिर २५ गते साँझ लाग्ने छ ।

बाणगंगा नगरपालिकामा अहिले ब्याडमिन्टनको क्रेज बढेको छ । यहाँ राष्ट्रिय स्तरको खेल खेल्न सक्ने खेलाडी पनि छन् । उनीहरुलाई थप हौसला र प्रेरणा प्रदान गर्न पनि यो प्रतियोगिता अनुकरणीय हुने आयोजकको अपेक्षा छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७ मंगलबार ००:००  ७ : १३ बजे