१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

अक्सिजनको अभावमा पाकिस्तानमा ६ जना बिरामीले ज्यान गुमाए



काठमाडौं ।
पाकिस्तानमा अक्सिजनको अभाव हुँदा ६ जना बिरामीको ज्यान गएको छ । ज्यान गुमाउने ६ जनामध्ये ५ जना कोरोना भाइरस सङ्क्रमित भएका बीबीसीले जनाएको छ ।

पेशावरमा रहेको खैबर टिचिङ अस्पतालमा अक्सिजन आपूर्तिमा ढिलाइ हुँदा बिरामीको ज्यान गएको हो । बेलेमै अक्सिजन पुर्याउन पटक–पटक आग्रह गरे पनि सुनुवाइ नहुँदा बिरामीको ज्यान गएको आफन्तले आरोप लगाएका छन् ।

अस्पताल प्रशासनले भने अक्सिजन आपूर्ति गर्ने सप्लाइ कम्पनीको ढिलाइका कारण बिरामीको ज्यान गएको प्रतिक्रिया दिएको छ । अक्सिजनको अभाव भएपछि बिरामीका आफन्तलाई आफैँ अक्सिजनको सिलिन्डर व्यवस्था गर्न भने पनि केहीले मात्रै व्यवस्था गर्नसकेका अस्पतालका कर्मचारीले बताएका छन् ।

पाकिस्तानमा अहिलेसम्म चार लाखभन्दा धेरै मानिसलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ भने कोरोनाका कारण ८ हजार जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७ सोमबार ००:००  २ : १४ बजे