१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, राजावादीको सक्रियता मुख्य एजेण्डा



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनुभएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार बिहान ११ बजेका लागि बैठक डाकिएको जानकारी दिनुभयो ।

’सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आयोजना गर्नुभएको छ । बिहान ११ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा उक्त बैठक हुने तय भएको छ,’ थापाले लेख्नुभएको छ ।

पछिल्लो समय देशका विभिन्न ठाउँमा राजसंस्था र हिन्दु राष्ट्रका पक्षमा प्रदर्शनहरू भइरहेका छन् ।
योसँगै नेकपाको आन्तरिक विवाद पनि चुलिएका बेला प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक डाक्नुभएको हो ।

प्रकाशित मिति : २२ मंसिर २०७७ सोमबार ००:००  १ : ५१ बजे