एजेन्सी ।
एसी मिलानले इटालियन फुटबलमा शानदार प्रदर्शनको क्रम जारी राखेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा एसी मिलानले साम्पडोरियालाई २–१ ले पराजित गरेको छ ।
अवे मैदानमा भएको खेलमा फ्र्यांक केसीले ४५ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गरे । यस्तै ७७ औँ मिनेटमा सामु कास्तिलिएहोले गोल गरेर अग्रता दोब्बर पारे । घरेलु टोली साम्पडोरियाका लागि ८२ औँ मिनेटमा एकदालले एक गोल फर्काए ।
जितपछि शीर्ष स्थानको एसी मिलानको १० खेलबाट २६ अंक भएको छ । उ दोस्रो स्थानको इन्टर मिलान भन्दा पाँच तथा तेस्रो र चौथो स्थानका नापोली र युभेन्टस भन्दा ६ अंकले अघि रहेको छ ।
आइतबार राति नै भएको खेलमा नापोलीले क्रोतोनेलाई ४–० ले पराजित गरेको छ।
प्रतिक्रिया