एजेन्सी ।
टोटनह्याम इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्यामले आर्सनलमाथि २–० को जित दर्ता गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा सन हेङ्ग–मिन र ह्यारी केनले गोल गरे । दुवै गोल पहिलो हाफमा भएको हो । १३ औँ मिनेटमा सन र पहिलो हाफको इन्जुरी समयमा केनले गोल गरेका हुन् ।
जितपछि शीर्ष स्थानमा पुगेको टोटनह्यामको ११ खेलबाट २४ अंक भएको छ। दोस्रो स्थानको लिभरपुलको पनि समान २४ अंक नै भए पनि गोल अन्तरका आधारमा टोटनह्याम शीर्ष स्थानमा पुगेको हो । पराजित भएको आर्सनल १३ अंकसहित १५ औँ स्थानमा छ ।
प्रतिक्रिया