१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने मेरो जीवनको आदर्श होः प्रधानमन्त्री



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिनाकार्यसूची बसेको स्थायी कमिटी बैठकमा आफ्नो उपस्थिति नहुने बताएका छन् । आइतवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकलाई २ पृष्ठ लामो पत्र पठाउँदै ‌ओलीले आफूले कहिले पनि सत्यसँग नलडेको र शक्तिसँग नझुकेको स्मरण गराएका छन् ।

‘सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने मेरो जीवनको आदर्श हो,’ उनले भनेका छन्, ‘सत्य व्यक्ति र संस्थाका सही विचार, व्यवहारमा अन्तरनिहीत हुन्छ भन्‍ने म ठान्छु।’

ओलीले कार्यकारी अध्यक्ष प्रचण्डद्वारा पार्टीमा दर्ता गरिएको प्रस्तावलाई अभियोग पत्रको संज्ञा दिएका छन् । ‘प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता नभई बैठकमा नआउने मेरो अडान कायमै छ । उक्त अभियोगपत्रसहित यसबीचका सबै पत्राचार र दस्तावेजहरुलाई सार्वजनिक गरिएको छु, उनले भनेका छन्, ‘आफूले खारेज गरिसकेको र पार्टीलाई विभाजनको डिलमा पुर्‍याएको त्यस्तो संगीन आरोपपत्रबारेमा हुने छलफलमा सहभागी हुन असमर्थ रहेको व्यहोरा कमरेडहरुलाई अनुरोध गर्दछु ।’

परामर्श र सहमतिमा डाकिने कुनै पनि बैठकमा आफ्नो सहभागिता सदैव रहने कुरा पनि उनले उक्त पत्रमा उल्लेख गरेका छन् ।

‘पार्टी भित्रका स्वास्थ र मर्यादित छलफलका सबै सीमा भत्काएर नीतिगत बहसलाई शत्रुतापूर्ण अन्तरविरोधमा रुपान्तरित गरेको र पार्टी विधान मात्रै होइन, राज्यका संविधान र कानुनसमेत आकर्षित हुने प्रकृतिका संगीन फौजदारी आक्षेपसमेत लगाइएको प्रचण्डको प्रस्तावमा छलफल हुन नसक्ने मान्यतामा छु’, ओलीले थपेका छन्, ‘पार्टीलाई सहज र स्वस्थ वातावरणमा फर्काउने हो भने उक्त लिखत निशर्त फिर्ता हुनुपर्ने मेरो मान्यता यथावत् छ। बैठकका कार्यसूची निर्धानरण र ठोस प्रस्तावसहित पर्याप्त तयारीसाथ बैठकमा जानुपर्छ भन्‍ने भनाइ पनि मैले राखिसकेको छु ।’

ओलीले आफूले सधैं पार्टीको विधिलाई पालना गरेको तर्क पनि ओलीले गरेका छन् । उनले महाधिवेशनबाट बाँकी एकताको टुंगो गर्ने भनेको अवस्थामा केही नेताहरु खेलको नियम नै फेर्ने अभियानमा लागेको आरोप पनि लगाएका छन् ।

‘तर मलाई थाहा थिएन, खेलको उत्तरार्द्धमा आएर केही कमरेडहरु ‘खेलको नियमु नै बदल्न लाग्‍नु हुनेछ र जसरी पनि जित्ने महत्वाकांक्षाका निम्ति जुनसुकै हदसम्म जान तयार हुनुहुनेछु, उनले थपेका छन्, ुखेलको अन्तिमतिर आउर गर्न खोजिएको यो नियम परिवर्तन नैतिकता र राजनीतिक दृष्टिले गलत मात्रै होइन, विभाजनकारी समेत छ भन्‍ने कुरा स्पष्ट पार्न चाहन्छु।’

उनले महाधिवेशनसम्मलाई माथिदेखि तलसम्मका सबै कमिटीहरु सहमतिका आधारमा चल्नुपर्ने अडान राखेका छन्। उनले नेकपा इतिहासकै संगीन र गम्भीर संकटमा रहेको पनि बताएका छन् ।

‘यो संकट कुनै बाह्य कारणले होइन, महाधिवेशनभन्दा बाहिरबाट नेतृत्व परिवर्तन गर्न खोज्ने र निर्वाचनबाहिरबाट सरकार बदल्न खोज्‍ने केही कमरेडहरुको व्यग्र नेतृत्वमोहरसत्तामोहका कारण निम्तिएको छ। मैले त एकता महाधिवेशनपछि पार्टी नेतृत्वमा नरहने र आगामी निर्वाचनपछि सरकारको नेतृत्वमा पनि नरहने घोषणासहित नेतृत्व हस्तान्तरणको घोषणा गरिसकेको छु ।’

तर पार्टी नेतृत्व परिवर्तनका लागि चार कुर्न नसक्ने र प्रधानमन्त्री बन्‍न नयाँ जनादेश कुर्न नस्केन सोचका कारण अहिलेको संकट सिर्जना भएको उनले बताए । उनले अहिले देखिएको समस्याको निकासका लागि आफू प्रयासरत रहेको पनि बताएका छन् ।

उनले जारी स्थायी कमिटीको विवकेमाथि आफूलाई पूरा भरोसा रहेको पनि बताएका छन् । ‘गत भदौ २६ गते पनि कमरेडहरुले पार्टीलाई संकटबाट सकुशल अवतरण गराउनु भएको थियो’, उनले भनेका छन्, ‘कमरेडहरुले यस पटक पनि व्यक्ति विशेषका स्वार्थका लागि आन्दोलनकै शिकार हुने गरी सिर्जना भएको वर्तमान संकटपूर्ण अवस्थलाई आफ्नो सक्रिय पहलदमी, सकारात्मक हस्तक्षेप र विवेकबाट निकास दिनुहुनेछ ।’

प्रकाशित मिति : २१ मंसिर २०७७ आइतबार ००:००  ५ : ३३ बजे