११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

सुर्य थापाको पेशा नै दलाली र चाकडी गर्ने होः विश्वमणी सुवेदी



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा उपाध्यक्ष वामदेव गौतमले सडकमा डिभाइडर नाघ्दै गरेको तस्बिर सामाजिक सञ्जालमा फेसबुकमा पोष्ट गरेका छन् ।

यो पनि…

सूर्य थापा

नेकपाको सचिवालय बैठकमा गौतमले प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले प्रधानमन्त्रीको बदनाम गरेको भन्दै तुरुन्त पदबाट हटाउन आग्रह गरेपछि थापाले उक्त तस्बिर पोष्ट गरेका हुन् ।

उनले गौतम गृहमन्त्री हुंदा बाटो काटेको तस्बिर सामाजिक संजाल फेसबुकमा पोष्ट गर्दै को कस्तो ? तस्बिर काफी छ भनेर ब्यंग्य हानेका छन् ।

नेकपाका केन्द्रीय सदस्यसमेत रहेका थापाले नेताहरुको आलोचना गर्ने गरेको भन्दै नेकपाभित्र उनको चर्को विरोध हुंदै आएको छ । उनी नारायणकाजी श्रेष्ठ प्रमुख रहेको प्रचार विभागको उप-प्रमुख समेत हुन् । थापा र गौतम एउटै जिल्लाका हुन् । उनीहरुको २०७४ सालको चुनावयता सुमधुर सम्बन्ध छैन् । यसअघि तत्कालिन प्रधानमन्त्री झलनाथ खनालको प्रेस सल्लाहकार रहिसकेका थापा उप-प्रधानमन्त्री ईश्वर पोखरेल निकट मानिन्छन् ।

गौतमले थापालाई प्रधानमन्त्रीको सल्लाहकारबाट हटाउनुपर्ने माग राख्दै आएका छन् । उनले आफु बर्दियाबाट पराजित हुनुमा थापा समेत जिम्मेवार रहेको आरोप लगाउंदै आएका छन् ।

थापाले उक्त फोटो केही समय राखेर हटाएपनि उनको आलोचना भने जारी छ । गौतमका प्रेस संयोजक विश्वमणी सुवेदीले थापाको चर्को आलोचना गरेका छन् । सुवेदीले थापाको काम भनेको नै अर्काको दलाली,चाकडी र हुर्मत लिने भएको आरोप लगाएका छन् । उनले २०७४ सालको चुनावमा गौतमलाई हराउन भुमिका खेलेको भन्दै त्यस्ता व्यक्तिलाई कार्वाही हुनुपर्नेमा प्रधानमन्त्रीको सल्लाहकार बनाइएकोमा असन्तुष्टि समेत जनाएका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७७ आइतबार ००:००  १२ : २९ बजे