११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

प्रधानमन्त्रीबाट ओली हट्दा कस-कसको जान्छ जागिर ?



काठमाडौं ।
नेकपाभित्रको अन्तरबिरोध चर्किंदै जाँदा समस्या समाधानसँगै सबैजना आफ्नो ‘पोजिशन क्लियर’ बनाउने ध्याउन्नमा देखिन्छन् । अध्यक्षद्वयदेखि पदाधिकारी सबै र सचिवालयका सदस्यहरूले ढुक्कको अवस्था खोजेको स्रोतको दाबी छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको पोजिशन यताउता हुँदा त्यसको असर शीतल निवासदेखि बालुवाटारको किचन क्याबिनेटदेखि सल्लाहकारहरूसम्म पर्ने भएकाले उनीहरू चिन्तित हुनु स्वाभाविक हो ।

उता, विगतका प्रभावशाली तथा हाल स्पष्ट ‘पोजिशन’ खोज्दै हिँडेका उपप्रधानमन्त्री तथा सचिवालय सदस्य ईश्वर पोखरेललाई पनि सहमति र समस्या समाधानको नाममा आफूलाई कहाँ पुर्याउने भन्ने डर रहेको खुमलटारको विश्लेषण छ । यता, बालुवाटारको विश्लेषणअनुसार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पावर एक्सरसाइजमा पछाडि परिने डरले तत्काल प्रधानमन्त्री बन्नु परेकोले कतै पछाडि पो धकेलिने हो की भन्ने डरले घर गरेको बताइन्छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा स्थायी समिति सदस्य शंकर पोखरेल पार्टीभित्रको समस्या समाधानको लागि बालुवाटारको तर्फबाट सबैभन्दा बढी खटिनेमध्येमा पर्छन् । पोखरेल पनि दौडिँदा दौडिँदै आजित बनिसकेका पो हुन् कि भन्ने अवस्था देखिएको छ ।

खरेलद्वयलगायत बालुवाटारका मध्यस्थकर्ताहरू अधिकांश नेपाल समूहसँग ‘टाईअप’ गरेर अघि बढ्नुपर्ने मनस्थितिमा रहेको स्रोतको दाबी छ । उनीहरू सबैको एउटै समस्या भनेको प्रधानमन्त्री तथा अध्यक्ष ओलीले नछाड्ने हठ र जिद्धिपना हो ।

पार्टी कुनै हालतमा फुट्नु हुँदैन भन्ने बालुवाटारको दोस्रो तहका नेता तथा सल्लाहकार समूहले बनाएको अन्तिम रोडम्यापमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष दिएर भएपनि मिलाउनुपर्ने विकल्प राखिएको बुझिएको छ । उनीहरूले प्रधानमन्त्री चाँहि कुनै हालतमा नछाड्ने गरी अघि बढ्नुपर्ने निकटस्थहरूसँग बताएका छन् ।

तर, त्यसको लागि सचिवालयमा प्रस्तुत दुई वटै प्रस्ताव फिर्ता गरेर संयुक्त प्रस्ताव बनाउनुपर्ने शर्त अनिवार्य बनाउने सम्भावना देखिन्छ । अन्यथा,दुई वटामध्ये एउटा पद छाड्नुपर्ने खुमलटारको अडानमा बालुवाटार लचिलो हुने सम्भावना छैन भनिन्छ । जनआस्थाबाट

प्रकाशित मिति : २१ मंसिर २०७७ आइतबार ००:००  १२ : ०३ बजे