दाङ ।
पिकनिक खाएर घरतर्फ फर्किँदै गर्दा दुर्घटनामा परेर दाङमा एक युवाको मृत्यु भएको छ भने थप दूई गम्भीर घाइते भएका छन् ।
शनिवार बेलुका पौने ५ बजेतिर घोराहीतर्फ आउँदै गरेको प्रदेश ३ – ०१–०२२– च ६३६९ नम्वरको स्कार्पियो अनियन्त्रित भइ घोराही उपमहानगरपालिका वडा नं. १७ सिस्ने खोलामा पल्टिदा घोराही १७ का ३५ वर्षीय विजय अधिकारीको मृत्यु भएको छ ।
गम्भीर घाइते उनको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले बताए । दूर्घटनामा परि घोराही १७ कै ३६ वर्षीय उमाकान्त घिमेर र घोराही १५ का ३६ वर्षीय शमिर पन्त घाइते भएका छन् ।
दुबै घाईतेलाई घोराहीमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको डिएसपी खड्काले बताए ।
प्रतिक्रिया