बाबुराम रायमाझी, चारनम्बर ।
कपिलवस्तुको महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्रको रुपमा रहेको कपिलधामको अध्यक्षमा पुनः शंकरप्रसाद आचार्य चयन हुनुभएको छ । शनिबार भएको कपिल आरोग्य मन्दिर कपिलधामको नवौँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट पुनः आचार्य सर्वसम्मत चयन हुनुभएको हो ।
अधिवेशनबाट कपिलधामको बरिष्ठ उपाध्यक्षमा विष्णु बहादुर रायमाझी, महिला उपाध्यक्षमा शान्ता खनाल, महा–सचिवमा धुव्र वेल्वासे, सचिवमा दुर्गा प्रसाद पौडेल र कोषाध्यक्षमा राजु अर्याल चयन हुनुभएको छ ।
त्यस्तै बाँकी २ जना पछि थप गर्ने गरी १३ सदस्यिय समिति गठन गरिएको कपिल आरोग्य मन्दिर कपिलधामले जनाएको छ ।
धामको नवौँ साधारण सभा तथा अधिवेशनको प्रदेश सांसद विष्णु पन्थीले उद्घाटन गर्नुभएको थियो । उक्त अवसरमा बोल्दै सांसद पन्थीले स्थापना काल देखि हालसम्म आईपुग्दा कपिलधामले फरक पहिचान बनाउन सफल भएको भन्दै अझ विस्तार र विकासका लागि आफु सदैव लागिरहेको प्रतिवद्धता जनाउनुभयो ।
प्रदेश सरकारसँगै अब संघीय सरकारसंग धामको विकासमा आफुले पहल गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा धामका सचिव धुव्र वेल्वासेले वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो भने कोषाध्यक्ष राजु अर्यालले कुल ३९ लाख ६४ हजार बराबरको आर्थिक प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो ।
त्यस्तै ईन्द्रबहादुर कोइरालाको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति समेत गठन गरिएको छ । कार्यक्रममा कृष्णमुरारी ज्ञवाली, शिवचन्द्र आचार्य, विष्णु प्रसाद भण्डारी लगाएतले सम्बोधन गर्नुभएको थियो ।
प्रतिक्रिया