११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

माउण्ट एभरेष्टको अध्यक्षमा भट्टराई सर्वसम्मत चयन



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको वाणगंगामा रहेको माउण्ट एभरेष्ट सामाजिक विकास संस्थाको अध्यक्षमा रविलाल भट्टराई सर्वसम्मत चयन हुनुभएको छ ।

संस्थाको शनिवार बनगाईमा सम्पन्न २७ औं वार्षिक साधारण सभा तथा तेह्रौं अधिवेशनबाट भट्टराई चयन हुनु भएको हो ।

अधिवेशनबाट उपाध्यक्षमा लक्ष्मी पौडेल, सचिवमा प्रकाश भूसाल, कोषाध्यक्षमा लालमणी बेल्बासे चयन हुनु भएको छ । त्यस्तै सदस्यहरुमा लक्ष्मण बेल्बासे, दिपक खनाल, सरोज खनाल, लेखनाथ भट्टराई, खेमराज भट्टराई, ठाकुर प्रसाद पोख्रेल र युवराज पोख्रेल निर्वाचित हुुनुभएको निर्वाचन मण्डलका संयोजक विष्णु प्रसाद बेल्बासेले बताउनु भयो ।

त्यस्तै तेह्रौ अधिवेशनबाट लेखा समिति संयोजकमा देवि प्रसाद पोख्रेल र सदस्यहरुमा रुमलाल पोख्रेल र कौशिला खनाल चयन हुनुभएको निर्वाचन मण्डलका सदस्य हुमनाथ भट्टराईले जानकारी दिनु भयो ।

तीन दशकको यात्रामा यात्रारत माउण्ट एभरेष्ट सामाजिक विकास संस्थाको २७ औं वाािर्षक साधारण सभामा संस्थाको वार्षिक प्रगती प्रतिवेदन खेमराज भट्टराई, आ.व. २०७६/०७७ को आर्थिक प्रतिवेदन लेखनाथ भट्टराई र लेखा समितिको प्रतिवेदन रविलाल भट्टराईले प्रस्तुत गर्नु भएको थियो ।

प्रस्तुत प्रतिवेदनहरु साधारण सभाले सर्वसम्मतले पारित गरेको छ । साधारण सभामा संस्थाका निवर्तमान अध्यक्ष लक्ष्मण बेल्बासेले संस्थाको नीति तथा कार्यक्रमका विषयमा बोल्दै आगामी दिनमा संस्थाले सामूहिक नेतृत्व प्रणालीलाई संस्थागत गर्दै सामुहिक उद्यमशिलता, शुसासन र सामाजिक क्रियाकलापमा संस्थाले जोड दिने बताउनु भयो ।

शिक्षा, स्वास्थ्य, कृषि, सहकारी प्रर्वधन, शुसासनका क्षेत्रमा कार्य गर्दै आएको संस्थाले कपिलवस्तु, अर्घाखाँची तथा रुपन्देही जिल्लामा साझेदारीमा कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

साधारण सभा लक्ष्मण प्रसाद बेल्बासेको अध्यक्षता, खेमराज भट्टराईको संचालन र दिपक खनालको संचालनमा सम्पन्न भएको निर्वाचन मण्डलका सदस्य बाबुराम पौडेलले बताउनु भयो ।

प्रकाशित मिति : २० मंसिर २०७७ शनिबार ००:००  ७ : २७ बजे