मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा विप्लव नेतृत्वको नेकपाका जिल्ला नेता गशेण थारु पक्राउ पर्नुभएको छ । शिवराज नगरपालिकाका सेक्रेटरी समेत रहनुभएका ३९ बर्षीय थारुलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको हो ।
कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज अधिकारीका अनुसार शिवराज २ हल्लानगरस्थित सुनमाया घर्ती मगरको घरमा लुकिछिपी बसेको अवस्थामा शनिबार दिउँसो ३ बजे थारुलाई पक्राउ गरिएको हो ।
लामो समयदेखि प्रहरीको खोजीमा रहेका उनलाई विशेष सुराकीको आधारमा प्रक्राउ गरिएको प्रहरी उपरिक्षक अधिकारीले बताउनुभयो ।
थारुमाथि विभिन्न नाममा चन्दा आतङ्क, हड्तालको नाममा तोडफोड गरेको लगायत आरोप छ ।
प्रतिक्रिया