मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु क्रिक्रेट संघले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगीता अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय प्रतियोगीतामा छनौटका लागि क्याम्प संचालन गर्ने भएको छ ।
शनिवार बिहान संघका अध्यक्ष प्रकाश गैरेको अध्यक्षतामा तौलिहवामा बसेको बैठकले यही मंसीर २६ र २७ गते छनौटका लागि क्याम्प राख्ने निर्णय गरेको हो ।
प्रदेशस्तरीय टिम छनौटका लागि जिल्लाबाट खेलाडीको छनौटका लागि क्याम्प राख्ने निर्णय भएको अध्यक्ष गैरेले बताए ।
जिल्लाबाट छनौट भएका खेलाडीहरु लुम्बिनी प्रदेशस्तरीय छनौटका लागि भैरहवामा क्याम्प र खेल आयोजना गरिने छ । क्याम्प र छनौटका लागि समिति समेत निर्णय गरिएको छ ।
ईच्छुक पुरुष क्रिकेट खेलाडीले मंसीर २५ गते भित्र आफ्नो आबेदन तौलिहवा स्थित बुद्धज्योति बोर्डिङ स्कुलमा रहेको संघको कार्यालयमा दिउँसो ३ बजे भित्र पेश गर्न संघले आग्रह गरेको छ ।
प्रतिक्रिया