११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

प्रधानमन्त्रीको गृह जिल्लामा राप्रपाद्वारा प्रदर्शन



झापा ।
प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले शनिबार मोटरसाइकल र्‍याली निकालेको छ । राजतन्त्रको पुनर्स्थापना र हिन्दू राष्ट्रको पक्षमा राप्रपाले झापामा प्रदर्शन गरेको हो ।

काँकरभिट्टाबाट अपरान्ह सुरु भएको र्‍यालीमा ठूलो संख्यामा कार्यकर्ताहरु सहभागी भएका थिए । उनीहरुले गणतन्त्रविरुद्ध र राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए । प्रर्दशनमा नेपाललाई हिन्दूराष्ट्र पुर्नस्थापना, राजतन्त्र स्थापना र संघीयता खारेजीको माग गरेका थिए ।

बिर्तामोड आयोजित संक्षिप्त कोणसभामा राप्रपा नेता राजेन्द्र लिङ्देनले नेपालमा गणतन्त्र, संघीयता र धर्म निरपेक्षता जनताको चाहना नभएको दावी गर्दै अब राजसंस्थासहितको हिन्दूराज्य र हालको व्यवस्था परिवर्तन गरी केन्द्रीकृत व्यवस्था स्थापना गर्ने आन्दोलनको नेतृत्व राप्रपाले गर्ने उद्घोष गरेका थिए ।

देशले अब योभन्दा बढी बर्बादी थाम्न नसक्ने भन्दै उनले गणतन्त्रको नाममा लुटतन्त्र, भ्रष्टाचार मौलाएको बताए । ‘कुनै व्यक्ति विशेषको मात्र होइन, समग्र देशको भविष्य माथिको खतरा हो,’ उनले भने ।’

प्रकाशित मिति : २० मंसिर २०७७ शनिबार ००:००  ७ : ०२ बजे