काठमाडौं ।
न्यून चापीय प्रणालीको प्रभावले आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ ।
भारतको पूर्वी उत्तर प्रदेश र विहारको आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभावले आज प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले बताइन् ।
हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली भई ती तीन वटै प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव २ डिग्री र अधिकतम तापक्रम २० दशमलव ६ डिग्री सेल्सियस रहेको छ।
त्यस्तै, आज सबभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस २ दशमलव ६ डिग्री र सबभन्दा धेरै धरानको न्यूनतम तापक्रम १५ दशमलव ४ डिग्री सेल्सियस रहेको छ।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
मंसिर २० गते (शनिबार)
दिउँसो : देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना छ।
राति : प्रदेश १ तथा बाँकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरूमा आंशिक बदली रहनेछ। प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ ।
मंसिर २१ गते (आइतबार)
दिउँसो : प्रदेश नं १ तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली, कर्णाली र सुदूर पश्चिमी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ।
राति : प्रदेश नं १ तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकि स्थानहरूमा सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ।
मंसिर २१ गते (आइतबार)
दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २ र प्रदेश ५ आंशिक बदली रही बाँकी स्थानहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ।
राति : प्रदेश नं १ तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरूमा मौसम सामान्यतया सफा रहनेछ।
प्रतिक्रिया