११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

प्रदेश सांसद पन्थी भन्छन्ः वाणगंगाको पानी परिक्षण ल्यावले प्रदेशवासी लाभान्वित हुन्छन्



मायादेवी अनलाइन, जितपुर ।
लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले वाणगंगाको उत्तमनगरमा बन्न लागेको प्रदेश स्तरीय पानी परिक्षण ल्याबले यस क्षेत्रका जनता मात्र नभइ समग्र प्रदेशवासी नै लाभान्वित हुने बताउनुभएको छ ।

वाणगंगा र गजेहडा भू.पू सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको छैठौं वार्षिक साधारणसभामा बोल्दै सांसद पन्थीले यस्तो बताउनुभएको हो ।

यस क्षेत्रका जनातालाई शुद्ध पानी खुवाउन भू.पू सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समिति अवोरात्र खटिएको भन्दै जनताको सेवामा खटिने सम्पूर्ण समितिलाई धन्यवाद दिनुभयो ।

उहाँले भू.पू सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितीले राम्रो काम गरेकै कारण यहाँ प्रदेश स्तरीय पानी परिक्षण ल्याब बन्न थालेको बताउनुभयो । सांसद पन्थीले प्रदेश सरकारले ३ वर्ष भित्र १ घर एक धारा पु¥याउने संकल्प पास गरेकाले सोही अनुसार काम अगाडी बढाएको बताउनुभयो । उहाँले अब विकास निर्माण गर्दा बसाइसराई र जनसंख्याको चापलाई मध्यनजर गर्दै दीर्घकालिन योजनाको साथ काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले भू.पू सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिका पदाधिकारी दिनरात खटेर काम गरेको बताउनुभयो । आगामी दिन नगरपालिकासंग समन्वय गर्दै काम गर्न नगर प्रमुख थारुले आग्रह गर्नुभयो ।

उपमेयर चक्र अर्यालले भू.पू सैनिक खानेपानी समितिले फोहरलाई रिसाइकिलिङ गर्ने कार्यक्रम ल्याएको भन्दै धन्यवाद दिनुभयो । उहाँले फोहरलाई मोहर बनाउने गरी यसको ब्यवस्थापन गर्नुपर्ने भन्दै त्यसको लागि हरेक क्षेत्रबाट सहयोग हुनुपर्ने बताउनुभयो । समिति स्थापनाको १२ वर्षमा आईपुग्दा राम्रो काम गरेको भन्दै सबै उपभोक्ताले शुद्ध पानी पाएको जिकिर गर्नुभयो ।

कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष गणेश क्षेत्री, वडा नम्बर १ का वडा अध्यक्ष बालकुमारी अधिकारीले समितिको काम प्रसंसनीय रहेको बताउनुभएको थियो ।

साधारण सभामा समितीका सल्लाहकार तथा रेडियो मायादेवीका अध्यक्ष नन्द किशोर शुक्ल, द्रोणराज सुवेदी, नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाई, सल्लाहकार कृष्ण प्रसाद भट्टराई, गजेहडा बजार विकास समितिका अध्यक्ष गोबिन्द ज्ञवालीले बोल्नुभएको थियो ।

साधारण सभामा समितीका सचिव कृष्ण बहादुर शाहीले प्रस्तुत गरेको वार्षिक प्रतिबेदन, कोषाध्यक्ष राममाया रानाले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन बन्द तथा खुलाशत्रबाट पारित भएको छ ।

यस्तै कार्यक्रममा आन्तरीक लेखा परिक्षण प्रतिबेदन संयोजक कमल पौडेलले र पानी सुरक्षा समितिको प्रतिबेदन संयोजक निर्मल शाहीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम समितिका अध्यक्ष राजेन्द्र विक्रम शाहको अध्यक्षता, उपाध्यक्ष झलक मल्ल ठकुरीको स्वागत मन्तब्य र सचिव कृष्ण बहादुर शाहीको संचालनमा सम्पन्न भएको हो ।

समितिले १ करोड ३८ लाख ३९ हजार आम्दानी गरेकोमा ३२ लाख ७२ हजार मुनाफा गर्न सफल भएको छ । विं.स.२०६२ सालमा स्थापना भएको समितिमा हाल २३ सय ४७ घरधुरीले धारा जडान गरेका छन् ।

प्रकाशित मिति : २० मंसिर २०७७ शनिबार ००:००  ५ : २९ बजे