मायादेवी अनलाइन, चार नम्बर ।
पवित्र धार्मिक तथा पर्यटकीयस्थल वाणगंगा २ नन्दनगरमा सोमबारबाट शुरु भएको महायज्ञमा सहयोगी मनहरुको संख्या बढेको छ ।
मनकामना कैलाश आश्रम तथा संस्कृत विद्यापीठ गुरुकुलमको आयोजनामा शुरु भएको श्रीमद् मार्कण्डेय पुराण २६ औँ महाअनुष्ठान नवकुण्डिय धानधान्याञ्चल ध्वनात्मक महायज्ञमा पाँचौ दिन स्थानीय समाजसेवी तथा लब्धप्रतिष्ठित व्यक्तिहरुले सहयोगी हात वढाएका छन् ।
वैदिक सनातन तथा गुरुकुल शिक्षा प्रवर्धन गर्ने उद्देश्यले संचालित महायज्ञमा विभिन्न क्षेत्रका व्यक्ति तथा भक्तजन ब्रतालुले नगद, जिन्सी तथा प्रसाद अर्पण गरेका छन् ।
यज्ञ सम्पादन मूल आयोजक समिति सचिवालयका अनुसार शुक्रबार पाँचौ दिन डेढ लाख बढि नगद संकलन भएको छ भने कैलाश आश्रमलाई आवश्यक पर्ने मूर्ति, खाद्यान्न लगाएतका सामग्री सहयोग गरेको बताइएको छ ।
यज्ञमा प्रदेश सांसद विष्णु पन्थीकि धर्मपत्नी अनुपमा पन्थीले ५ क्विन्टल धान, रुपन्देहीका थानेश्वर घिमिरेले गौदान, मूर्ति, २ क्वीन्टल चामल, दाल, तेल, लगाएतका सामग्री प्रदान गर्नुभएको छ । त्यस्तै कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले कैलाश आश्रम मूर्ति स्थापनाको लागि सहयोग गर्नुहुने आयोजकले बताएका छन् ।
यज्ञका लागि विभिन्न व्यक्तिले धान, चामल, नगद जिन्सी लगाएतका सहयोग प्रदान गरेका छन । सात दिन सम्म संचालन भएको यज्ञ भोली समापन हुने आयोजकले जनाएका छन् । आजसम्म ६० क्विन्टल धान र २० क्विन्टल चामल पनि संकलन भएको छ । सहयोग गर्न इच्छुकले सामाजिक संजालबाट पनि गर्न सक्नेछन् भने चार नम्बर जितपुरस्थित एनएमबी बैङ्कमा रहेका कैलाश आश्रम तथा मनकामना दुर्गा मन्दिरको खाता नम्बर ०३५००३००२७४०२२०००००१ मा आर्थिक सहयोग जम्मा गर्न सकिने जनाइएको छ ।
महायज्ञमा सन्त शिरोमणी १००८ स्वामी लोकानन्द महाराज र प्रमुख बाचक पंडित विष्णु ज्ञवालीले दैनिक प्रवचन तथा आर्शिवचन दिनुभएको छ ।
प्रतिक्रिया