११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

नेकपा सचिवालय बैठक सुरु



काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलपछि सचिवालय बैठक सुरु भएको छ । बैठकअघि ओली र प्रचण्डबीच आधा घण्टा कुराकानी भएको थियो । दुई अध्यक्षबीच कात्तिक २५ यता भेटघाट भएको थिएन । आजको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको पस्तावमाथि छलफल हुने कार्यसूचि रहेको बताइएको छ।

मङसिर १७ गते नै अध्यक्षद्वयको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची तय गरिएको भए पनि ओली अनुपस्थित भएपछि बैठक आजसम्मका लागि स्थगित भएको थियो । यसबीचमा ओली निकट नेताहरुले दुई अध्यक्षबीच सहमतिको प्रयास गरेका थिए । आजको बैठक केही दिन पर सारेर सहमति खोज्न सुझाएका थिए । आजको बैठकमा प्रधानमन्त्री ओली पनि सहभागी भएका छन् ।

प्रकाशित मिति : २० मंसिर २०७७ शनिबार ००:००  २ : ०० बजे