११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

कम्युनिस्ट हुँ भन्दा जनताबाट ढुंगो खाने स्थिति आयो : नेता न्यौपाने



काठमाडौँ ।
नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले नेतृत्वको कारण आम नागरिकमा पार्टीप्रतिको धारणा नकारात्मक बनेको बताएका छन् ।

शुक्रबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आयोजना गरेको गुट भेलालाई सम्बोधन गर्दै नेता न्यौपानले अध्यक्ष ओलीतर्फ संकेत गर्दै पार्टीको छवि धुमिल भएको दाबी गरेका हुन् ।

उनले जनाको माझ कम्युनिष्ट हुँ भनेर जाँदा ढुंगामुढा खानुपर्ने स्थिति आएको उल्लेख गरे । भेलामा उनले भने, ‘आज डर छ, कम्युनिस्ट हु भन्दा जनताले ढुंगामुडा गर्ने स्थिति छ । यो गल्ती सच्याउन पर्छ ।’

दाहाल नेपाल पक्षेका गुट भेलामा न्यौपानले शीर्ष नेतृत्वको अन्ध भक्त वा अन्धो विरोधले पार्टीलाई नै हानि पुर्‍याउने विश्लेषण गरे ।

‘अन्धभक्त भएर विरोध र समर्थन नगरौं । नेता विशेषलाई देउरालीको ढुंगो मान्न हुन्न । आत्म स्वीकार गर्ने कम्युनिस्टको आचरण होइन, उनले अगाडि भने, ‘रणनीतिक उद्देश्य समाजवाद हो । यो तरिकाले अघि बढ्न सकिदैन । कम्युनिस्ट आन्दोलनलाई स्पष्ट पार्नु पर्छ ।’

न्यौपानेले ओली नेतृत्वको सरकारले गरेका काम र पार्टी दस्तावेज समाजवाद उन्मुख नभएको उल्लेख गरे । उनले भने, ‘पार्टीका दस्तावेज हेर्नुहोस् । पार्टी, वर्ग र किसान कति छ हिसाब किताब गर्नु तरु सामन्तवाद कि समाजवाद कतातिर गएका छौँ ?’

विद्यार्थीको भेलामा नेतृ रामकुमारी झाँक्रीले पार्टीमा विद्रोह सुरु भएको उल्लेख गरिन् । उनले अध्यक्ष ओलीले सचिवालयमा पेश गरेको प्रस्ताव ठीक नभएको जिकिर गरिन् ।

उनले भनिन्, ‘स्वर्गको ठेगाना राखेर नर्कको बाटो रोजेको जस्तो भयो प्रधानमन्त्रीको प्रस्ताव । उनले गरेका भेलालाई पनि हेर्नुपर्छ । विद्रोह सुरु भएको छ । पार्टी यहि अवस्था रहन सक्दैन ।’ उनले सचिवालयलमा साझा प्रस्ताव आउने संभावना पनि कम रहेको उल्लेख गरिन् ।

प्रकाशित मिति : १९ मंसिर २०७७ शुक्रबार ००:००  ४ : ३० बजे