८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

एकदिवसीय क्रिकेटः भारतद्धारा अस्ट्रेलिया १३ रनले पराजित



एजेन्सी ।
अस्ट्रेलियासँगको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा भारत १३ रनले विजयी भएको छ । भारतले दिएको तीन सय तीन रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया तीन बल बाँकी छँदै दुई सय ८९ रनमा अलआउट भयो ।

अस्ट्रेलियाका लागि कप्तान एरोन फिन्चले ७५ र ग्लेन म्याक्सवेलले ५९ रन बनाए पनि जितको लागि पर्याप्त भएन । उसका मार्नुस लबुसचेज र स्टिभ स्मिथ समान सातरसात रनमा आउट भए भने मोसिस हेनरिक २२, क्यामरुन ग्रिक २१, एलेक्स केइरी ३८ र अस्टन अगर २८ रनमा आउट भए । भारतका शार्दुल ठाकुरले तीन विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा पाँच विकेट गुमाएर तीन सय दुई रन बनाएको थियो । खराब अवस्थामा पुगेको भारतलाई हार्दिक पाण्डेयाले ९२ र रविन्द्र जडेजाले ६६ रन बनाएर उकासेका थिए । यस्तै कप्तान विराट कोहलीले ६३ र शुभमन गिलले ३३ रन बनाए । तीन खेलको शृङ्खला अस्ट्रेलियाले यसअघि नै जितिसकेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७७ बुधबार ००:००  १० : १३ बजे