८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

काँग्रेस कपिलवस्तु भन्छः पौडेललाई तत्काल रिहा गर् !



मायादेवी अनलाइन, चार नम्बर ।
नेपाली काग्रंसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले प्रकाउ गरेको विरुद्धमा नेपाली काँग्रेस कपिलवस्तुले प्रेस विज्ञप्ती जारी गर्दै घटनाको घोर भत्र्सना गरेको छ । स्थानीय जनताको माग र निमन्त्रणामा ब्यास नगरपालिका १० तनहुँको बुल्दी खोलाको मोटरेवल पुल उद्घाटन गर्न जाने क्रममा बरिष्ठ नेता पौडेल लगायत जिल्लाका अन्य नेता लाई विचमै प्रकाउ गरिएकोमा काँग्रेस कपिलवस्तुले भत्र्सना गरेको हो ।

पार्टी सभापति सुरेन्द्रराज आर्चायद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, “सत्ताको चरम दुरुपयोग गर्दै निर्मम दमन र दुर्वयवाहार गरि नियन्त्रणमा लिईएको घटनाको घोर निन्दा र भत्र्सना गर्दछु । नेकपा सरकारको निर्देशनमा कार्यक्रमलाई बिथोल्ने र नेता, कार्यकर्ताहरुलाई बर्वर दमन गर्ने रवैया सरकारको अधिनायकवादी सोच र ब्यवहारको उपज शिवाय केही होइन ।”

पौडेललाई तत्काल स सम्मान रिहाइ र दोषिहरुलाई कडा कार्वाही गर्न र घटनाको जिम्मेवारी लिइ माफी माग्न सरकारसमक्ष जोडदार माग गरिएको छ । साथै यस बर्वरतापुर्ण र अलोकतान्त्रिक घटनाको बिरुद्धमा आन्दोलित हुन सम्रग नेपाली काग्रेस र लोकतन्त्रमा आस्था राख्ने सबैलाई आग्रह समेत गरिएको सभापति आर्चायले बताएका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७७ बुधबार ००:००  ५ : ५१ बजे