८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

सत्यवती ४ लिम्घाका पहिरो पीडित १५ परिवारले पाए घर



गुल्मी ।

सत्यवती गाउँपालिका–४ लिम्घाका १५ घरपरिवारलाई घर हस्तान्तरण गरिएको छ। २०७६ साउन ७ मा गएको पहिरोबाट पीडितलाई सुरक्षित आवास कार्याक्रमअन्तर्गत घर निर्माण गरी पीडितहरुलाई घर हस्तान्तरण गरिएको हो। लिम्घाको पहिरोमा परी आठजना र वडा नम्बर ३ ठूलोलुम्पेकमा पहिरोमा पाँचजना मृत्यु भएको थियो। पहिरोले लिम्घाका तीन घरमा पूर्ण क्षति, १२ घर उच्च जोखिममा र जोखिममा ३० घर रहेको गाउँपालिकाले जनाएको छ। तीमध्ये पूर्ण क्षति भएका तीन र उच्च जोखिममा रहेका १२ घर परिवारलाई घर हस्तान्तरण गरिएको हो। जोखिममा रहेका घर परिवारलाई आवास निर्माण गर्ने प्रक्रियामा रहेको वडा नम्ब ४ का अध्यक्ष दानबहादुर रानाले बताए।

पीडित परिवारका लागि करिब एक करोड लागतमा जग्गा खरिद र आवास निर्माण गरिएको वडाध्यक्ष रानाले जानकारी दिए। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सोमबार पीडित घरपरिवारलाई घर हस्तान्तरण गरेका हुन्।

प्रकाशित मिति : १७ मंसिर २०७७ बुधबार ००:००  २ : १७ बजे