८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

लुम्बिनी मेडिकल कलेजमा २ संक्रमितको मृत्यु



पाल्पा ।

लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचाररत दुई जना कोरोना संक्रमितको बुधबार बिहान मृत्यु भएको छ । कलेजमा उपचार गराइरहेका पाल्पाका एक र स्याङ्जाका एक पुरुषको ज्यान गएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । पाल्पाको बगनासकाली गाउँपालिका–१, चिर्तुङधाराका ३८ वर्षीय पुरुषको बिहान ४ बजे मृत्यु भएको लुम्बिनी मेडिकल कलेजले जनाएको छ ।

यसैगरी स्याङ्जाको गल्याङ नगरपालिका–४, का ३९ वर्षीय पुरुषको उपचारका क्रममा बिहान ५ बजे मृत्यु भएको कलेजले जनाएको छ ।

पाल्पा बगनासकालीका पुरुषलाई मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । १४ गते अस्पताल भर्ना भएर उनको उपचार भइरहेको थियो । स्वास्थ्यमा समस्या देखिएर अस्पताल भर्ना भएका गल्याङ्का पुरुषलाई भने मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०७७ बुधबार ००:००  १ : ५१ बजे