काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटीका सदस्य तथा पूर्वमन्त्री जनार्दन शर्मा प्रभाकरले आफू हारेर पनि पाटीलाई जिताउन शीर्ष नेताहरुलाई आग्रह गरेका छन् । (नेकपा) सचिवालय बैठकअघि ट्वीट गर्दै नेता शर्माले भने, ‘आफू हारेर पार्टीलाई जिताऊ, अनि भन म नेता हुँ ।’ शर्माले नेता बन्न आफैभित्रको इमान नापेर हेर्न समेत शीर्ष नेताहरुलाई आग्रह गरेका छन् ।
‘आफूलाई नेता हुँ भन्नेले सर्वप्रथम आफैभित्रको इमान नापेर हेर । संस्थागत मूल्य बोध गर । सिद्धान्त बिधि पद्धतिलाई व्यवहारमा लागू गरेर प्रमाणित गर । अनि आफू हारेर पार्टीलाई बचाएर भन म नेता हुँ। त्यसो भए बिधिले जित्ने छ । यसपटक विधिले जित्यो भने राष्ट्र,वर्ग र जनताको जीत हुनेछ । अन्यथा ’शर्माले ट्वीट गर्दै नेताहरुलाई खवरदारी गरेका छन् ।
यसैगरी अर्का स्थायी समिति सदस्य तथा मुख्यमन्त्री समेत रहेका नेता शंकर पोखरेलले दुवै अध्यक्षका प्रतिवेदन एकीकृत गर्नुपर्ने बताएका छन् । उनले पार्टी एकता रक्षाका दुवै प्रतिवेदन स्थगित गरी एकिकृत प्रतिवेदन बनाउने दिशामा सचिवालयको बैठक अग्रसर होस् भनेका छन् । उनले शनिबार सामाजिक संजालमा लेखेका छन्, ‘म फेरि पनि भन्छु पार्टी एकताको रक्षाका लागि दुबै प्रतिवेदनलाई स्थगित गरी एकिकृत प्रतिवेदन बनाउने दिशामा सचिवालयको वैठक अग्रसर होस् ।’
प्रतिक्रिया