काठमाण्डौँ ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (शनिबार) बस्दै छ । दिउँसो १ बजे बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले सचिवालयमा पेस गर्ने प्रतिवेदन तयार गरिसकेका छन् ।
यसअघिको सचिवालय बैठक अर्का पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदनको ‘काउन्टर’मा ओलीले अर्को प्रतिवेदन पेस गर्न लागेका हुन् ।
स्रोतका अनुसार प्रचण्डले प्रस्तावमा आफूमाथि लगाएका आरोपको खण्डन गर्दै प्रतिवेदनमा ओलीले प्रत्यारोप गरेका छन् ।
प्रतिक्रिया